Friday, April 24सत्यम खबर
Shadow

माओवादी केन्द्र कृष्णनगरको नगर सम्मेलन सम्पन्न

कृष्णनगर, १२ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कृष्णनगर नगर समिती प्रथम सम्मेलन जावेद आलम खाँको अध्यक्षतामा सम्पन्न भएकाे छ ।

प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, लुम्बिनी प्रदेश ईन्चार्ज, पुर्व मन्त्री चक्रपाणि खनाल बलदेव, विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला समन्वय समिती अध्यक्ष रामचन्द्र शाह, वाईसीएल कपिलवस्तु ईन्चार्ज शिव बन्जाडे, अतिथीमा कृष्णानगर नगर ईन्चार्ज केशर ओली, प्रतिनिधि मौलाना मशहुद खाँ नेपाली, डॉ अब्दुल गनी अलकुफी, शैख जैस मक्की, मौलाना‌ जाहीद आजाद झण्डानगरी लगायत रहेका थिए ।

प्रथम सम्मेलन कार्यक्रममा मौलाना मशहुद खाँ नेपालीले उपस्थित प्रमुख विशिष्ट अतिथि तथा कार्यकर्ताहरुलाई फुलमाला लगाई भव्य स्वागत गर्दै कार्यक्रममा आएका सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्व मन्त्री खनालले आदीवासी जनजाति दलित अल्पसंख्यक मुस्लिम महिला तथा मधेशीको समान अधिकार दिने नेकपा माओवादी केन्द्र पार्टी अग्रणी भुमिकामा रहेको बताए । नेपाल भरीमा भव्य तथा सभ्य रुपमा नगर सम्मेलन भइ रहेको बताउँदै यो क्षेत्रको विकास र बदलावका लागि सबै मिलेर नेकपा माओवादी केन्द्र पार्टीलाई समर्थन गरि जिताउनु पर्ने आवश्यकता रहेको बताउनुभयाे ।

जनता र देशको हितमा आफुहरुले काम गर्ने उद्देश्यले अगाडी बढ़ने क्रममा तानाशाह प्रवृत्तिका नेतृत्वहरुले गर्दा आफुहरु जनताको हितमा सोचेको काम गर्न नपाएपछि हामी पुरानै नेकपा माओवादी केन्द्रमा फर्केर जनता माझ आएको देशमा रहेका सबै कम्युनिष्टहरुलाई एकजुट गराउने प्रचण्डको योजना केपी ओलीको स्वार्थका कारण पुरा हुन नसकेको बताउनुभयो ।

दश वर्षसम्म आन्दोलन गरी ल्याएको व्यवस्थामा अहिले अरू कसैले राज गरिरहेको बताउँदै अब यी व्यवस्था चलाउन सबै माओवादी आउने जिकिर गर्नुभयो । अबको दिनमा जनताको समस्यालाई समाधान गर्ने वचन बद्धता व्यक्त गरे ।

विशिष्ट अतिथि शाहले कार्यक्रममा उपस्थित सम्पूर्णलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दै नगरसम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न‌ हुने विश्वास व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका सम्पूर्ण समर्थकहरु मिलेर आगामी चुनावमा उठने उम्मेदवारलाई धेरै मतान्तरले विजयी बनाउन सबैसँग अपील गरेका थिए ।

नेकपा माओवादी केन्द्र कृष्णानगर नगर समिती अध्यक्षमा जावेद आलम खाँको अध्यक्ष रहने गरि सात पदाधिकारी सहित ५९ सदस्यीय नगरसमिती निर्वाचित भएको र ६ जना पछि मनोनित हुने कुरा नगर इंचार्ज केशर ओलीले बताए ।
नगर सम्मेलनको उद्घाटन सत्रको समापन कार्यक्रमका अध्यक्ष जावेद आलम खाँले गरे र बन्दसत्रमा कृष्णानगर नगरपालिका निर्वाचन समितीका अध्यक्ष उमाशंकर मिश्रा सहित ७ सदस्यीय समितीले निर्वाचित पदाधिकारी सहित सदस्यहरुलाई पार्टीको सपत ग्रहण गराइ प्रमुख अतिथीद्वारा प्रमाण पत्र वितरण गराउँदै बन्दसत्रको समापन गर्नु भएकाे थियाे ।

सम्पुर्ण कार्यक्रमको नियन्त्रण रेखदेख तथा व्यवस्थापनको जिम्मेवारी नगर ईन्चार्ज केशर ओलीले सहज तरिकाले निर्वाह गर्नुभयो । कार्यक्रमको‌ सञ्चालन नगरसमिती सचिव गणेश‌प्रसाद बन्जाडेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *