Saturday, November 23सत्यम खबर
Shadow

बाँकेमा कोरोनाले चौथो व्यक्तिको मृत्यु

नेपालगन्ज, २ भाद्र– कोरोना संक्रमणका कारण बाँकेमा चौथो ब्यक्तिको मृत्यु भएको छ ।
फोक्सोको निमोनियाबाट ग्रसित नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।


श्रावण ३० गते कोरोनाको लक्षण देखिएपछि श्रावण ३२ मा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको स्वाब संकलन गरिएको थियो । उपचार कै क्रममा सोमबार राति ११ः४० बजे उनको मृत्यु भएको छ ।
यसअघि नरैनापुर गाउँपालिका–५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका–६ कि ४६ वर्षीया महिला र कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *