Thursday, April 23सत्यम खबर
Shadow

नेपाली काँग्रेसले आईतबार मतदाता नामावली प्रकाशन र उम्मेदवारी फाराम भर्ने कार्य सुरु गरिने निर्णय

नेपालगन्ज, ११ मंसिर – नेपाली काँग्रेसको १४ औं महाधिवेशन, जिल्ला निर्वाचन परिचालन समिति बाँकेको बैठक आज शनिबार सम्पन्न भएको छ । समितिका संयोजक एवम् जिल्ला निर्वाचन अधिकृत(वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले नेपाली काँग्रेस बाँकेको जिल्ला निर्वाचनका विषयमा विभिन्न निर्णय गरेको छ ।

बैठकले भाेलि आइतबार जिल्ला निर्वाचन कार्यक्रम प्रारम्भ गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत(अधिवक्ता) चित्रबहादुर शाहीले जानकारी दिनुभयो । उक्त बैठकको निर्णय अनुसार आइतबार दिउँसो २ बजे मतदाता नामावली प्रकाशन र उम्मेदवारी फाराम भर्ने कार्य सुरु गरिने उहाँले बताउनु भयो । मतदाता नामावली प्रकाशन र उम्मेदवारी फाराम नेपाली काँग्रेस बाँकेको कार्यालय नेपालगन्जमा गरिनेछ ।

यस्तै सोमबार बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्तासहित सोही दिन बेलुकासम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी मनोनयन सहितको निर्वाचन कार्यक्रम भने जिल्ला समन्वय समिति बाँकेमा गर्ने निर्वाचन परिचालन समितिले निर्णय गरेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत मंसिर १४ गते(मंगलबार) बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गरिनेछ । आइतबार(भोली)सम्म मतदान स्थल तय गरिसक्ने निर्णय बैठकले गरेको सहायक निर्वाचन अधिकृत शाहीले बताउनु भयो ।

उक्त बैठकमा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् जिल्ला निर्वाचन अधिकृत रेवती रमण भट्टराई, समितिका सहसंयोजक एवम् सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही तथा जिल्ला निर्वाचन परिचालन समितिका सदस्यहरु भोलासिंह हमाल, इश्वरीप्रसाद ज्ञवाली, बिरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने, ऋषिराज शर्मा, प्रभाकर भट्टराई, मेहरसिंह खत्री लगायत उपस्थित हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *