Wednesday, October 8सत्यम खबर
Shadow

हिटलरवाद र हैकमवाद हावी रहेको आरोप

नेपालगन्ज, १ भाद्र– डुडुवा गाउँपालिका वडा नं. १ बनकट्टी, हलबलडोलीका कयुम खाँ आफू बिगत १३ वर्षदेखि नेपाली काँग्रेस पार्टीमा सक्रिय रुपमा आबद्ध रही विभिन्न जिम्मेवारीलाई कर्तब्य र दायित्व सम्झी ईमानदारी पूर्वक निर्वाह गर्दै आएको भएता पनि बिगत केही बर्षदेखि डुडुवा गा.पा. अन्तर्गत रहेको पार्टीको बूथ इकाई कमिटीमा बिधि बिधान र पद्धतीको बेवास्ता गर्दै हिटलरवाद, हैकमवाद, ब्यक्तिवाद, जातिवाद, गुटवाद हावी रहेको विज्ञप्तीमार्फत आरोप लगाएका छन् ।


विज्ञप्तीमा व्यक्तिको एकल निर्णय, हैकमवादी चरित्र र तानाशाही प्रबृति बूथ ईकाई कमिटीको बैठकमा एजेण्डा बन्नु दुर्भाग्यपूर्ण बिषय भएको मैले महशूश गरेको छु । पार्टीको हरेक निर्णय बिधि बिधान र पद्धतिबाट हुनु पर्नेमा ब्यक्तिले बर्चश्व कायम गर्दै आफूले निर्देशन गरेको कुरा नै निर्णय गर्नुपर्ने बाध्यता सामु आफु कुनै पनि हालतमा बस्न नसक्ने स्थितीको श्रृजना भएको जानकारी गराउँदा मनैदेखि दुखी भएको छु भनी उल्लेख गरेका छन् ।
डुडुवा गा.पा.का नेपाली काँग्रेसका अगुवा तथा गाऊँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीको समूहले अनावश्यक मलाई मानसिक तनाव दिंदै राजनीतिक जीवनमा असर हुने गतिबिधि गरे पनि बिगत केही बर्षदेखि मैले त्यसको सामना गर्दै आईरहेको जानकारी गराउन चाहन्छु । उक्त समुहले बूथ ईकाई सभापतिलाई आप्mनो दबावमा लिई मेरो बिरुद्धमा अनावश्यक प्रचार गरि बैठकको एजेण्डा बनाई मेरो राजनीतिक चरित्रमा आँच पुग्ने गतिबिधी गरिरहेको जानकारी गराउंदछु भनी विज्ञप्तीमा जनाएका छन् ।
ब्यक्तिगत स्वार्थका लागि गा.पा.प्रमुखको एकल निर्णयलाई बूथ ईकाई कमिटीको बैठकबाट समेत अनुमोदन गराई जनता बिरोधी गतिबिधी संचालन गरेकोले गाऊँ पालिकाको नागरिकमा रहेको नेपाली काँग्रेस प्रतिको लोकप्रियता घटदै गएको सर्ब बिदितै छ । आम नागरिकमा नेपाली काँग्रेस प्रति बढदै गएको अबिश्वासको खाडल पूर्तिका लागि जिल्ला तहले कुनै वास्ता नगरि ब्यक्तिवादी क्रियाकलापलाई सहयोग गरेकोले आजका मितिदेखि म नेपाली काँग्रेस पार्टीको साधारण सदस्य समेतको पदबाट राजीनामा दिंदै हाल स्वतन्त्र भई जीवन निर्वाह गर्ने घोषणा गर्दछु । आजका मितिदेखि कुनै पनि पार्टीको सदस्य नरहने जानकारी गराउँदै साधारण जीवनयापन गर्ने कुरा सबैमा हार्दिक अपीलका साथ सहर्ष गराउँदछु भनी कयुम खाँद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *