
युवराज थापा
नेपालगन्ज, ६ मंसिर – सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विधालयको संयुक्त साझेदारी र बिशेष गरी नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा “सफा सुन्दर र स्वच्छ शहर हामी सबै को रहर’’ भन्ने नाराका साथै आज देखि नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ बाट सरसफाई अभियान थालिएको छ ।

आजको उदघाटन संगै गरिएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष सुरेन्द्र गुप्ताको अधक्ष्यतामा सम्पन्न गरियो । प्रमुख अतिथिमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोसी, बिशिष्ट अतिथि प्रकाश डि.सी. र अतिथिमा नेपाल प्रहरी निरीक्षक डिल्लीबहादुर खत्री रहनु भएको थियो । कार्यक्रममा पत्रकार, बिभिन्न सामाजिक संस्था, विधालयबाट बिधार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको बारेमा स्पष्ट र जानकारी दिँदै सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोसीले जनघनत्वको चापसंग बढिरहेको फोहोरले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भन्दै हामीले समयमै सबैलाई सचेत पार्नु पर्ने र यो महान कार्यमा सबै नागरिक, संघसंस्था र स्थानीय तहले पनि उल्लेखनीय भुमिका निभाउने र यस्लाई अझैँ सफल रुपमा सम्पन्न गर्नु बताउनुभयो ।

त्यस्तै प्रहरी निरीक्षक डिल्ली बहादुर खत्री ले व्यक्तिगत सरसफाइ मात्र नभई हामीले गाउँ टोललाई पनि उत्तिकै सफा राख्नु पर्ने बताउनु भयो । बिशिष्ट अतिथि प्रकाश डि.सी.ले पनि लागुऔषध नियन्त्रण र टोल सरसफाई अभियानलाई भव्यरुपमा सफल पार्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रम लाई समापन गर्दै कार्यक्रम का सभापति सुरेन्द्र गुप्ताले आफुले गर्नु पर्ने सहयोग र वडा नं ८ ले निभाउनु पर्ने भुमिका बाट पछी नहट्ने भन्दै सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोसीसँग हस्ताक्षर पत्र बुझ्नु भयो भने अब यो कार्यमा आफ्नो वडा र समुदायले सघाउने र यो अभियानमा होमिने बताउनुभयो ।

