Tuesday, April 21सत्यम खबर
Shadow

स्व. बाला साहेब ठाकरेको नवौं वार्षिक पुण्यस्मृति दिवस मनाइयो

– विद्रोही
नेपालगन्ज, ६ मंसिर – हिन्दु हृदय सम्राट स्व. बाला साहेब ठाकरेको नवौं वार्षिक पुण्यस्मृति दिवस श्रद्धापूर्वक मनाइएको छ ।
बाला साहेब ठाकरेको १७ नोभेम्बर २०१२ मा मुम्बईमा निधन भएको थियो । ठाकरे सम्पूर्ण विश्वका हिन्दु समुदायको सच्चा हितैषी रहनु भएकोले सबैले उहाँलाई श्रद्धापूर्वक हिन्दु हृदय सम्राट भनि सम्बोधन गर्थे । अयोध्यामा रहेको बाबरी मस्जिदलाई कारसेवकले भत्काउँदा सबै भन्दा पहिले सो डाँचा मेरो शिवसैनिकले भत्काएका छन् यसमा मलाई ठूलो गर्व छ उहाँले भन्नु भएको थियो ।
ठाकरेको नवौं वार्षिक पुण्यतिथि कार्यक्रम बुधवार दिन महाराष्टूस्थित शिवाजी पार्कमा आयोजित गरिएको थियो । यस कार्यक्रममा महाराष्टूका मुख्यमन्त्री तथा उनका पुत्र उद्धव ठाकरे नाती आदित्य ठाकरे शिवसेना नेता संजय राउत लगायत पुगी ठाकरेको समाधिमा पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । ठाकरेले आफ्नो सम्पूर्ण जीवनमा सत्ता र कुर्सीलाई महत्व दिनु भएको थिएन सधैं हिन्दु हितको लागि कार्य गर्नु भयो । यस कारण उहाँ विश्वका हिन्दुको मुटुमा वास गर्नु हुन्थ्यो ।


तर उहाँको छोरा उद्धव ठाकरे उहाँले देखाएको मार्गमा हिँड्न सक्नु भएन सत्ता र कुर्सीको लागि ठाकरेको परम शत्रु सोनिया गाँधीको काँग्रेससँग मिलेर सरकार बनाएकोले उहाँको सर्वत्र नै आलोचना हुँदै आएको छ । बाला साहेब ठाकरे जस्तै उहाँ हिन्दु समुदायमा लोकप्रिय बन्न सकेनन् । हिन्दु हृदय सम्राट स्व. बाला साहेब ठाकरेको नवौं वार्षिक पुण्यतिथिमा आजको सामना साप्ताहिक हिन्दु हृदय सम्राट ठाकरे ज्यूमा श्रद्धाको पुष्प अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *