Monday, April 20सत्यम खबर
Shadow

नेकपा (माओवादी केन्द्र) कोहलपुरले सवै वडाहरुको अधिवेशन सम्पन्न गर्यो : नेता न्यौपाने

नेपालगन्ज, ५ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले कोहलपुर नगरपालिकाकाे १५ वटै वडा समितिको वडा अधिवेशन सम्पन्न गरेको छ ।

“नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’” भन्ने मूल नाराका साथ देशै भरका वडाहरुमा एकै दिन मंसिर ४ मा वडा अधिवेशन सम्पन्न गर्ने भनिएपनि कोहलपुरका २ वटा वडाहरु वडा नं ७ र १५ मा आज सम्पन्न भएपछि कोहलपुर नगरका सबै वडाहरुको अधिवेशन सम्पन्न भएको हो ।

विशेष कारणले हिजो सम्पन्न हुन नसकेका दुवै वडाहरुको अधिवेशन आज सम्पन्न भएसँगै सवै वडाहरुमा सर्वसम्मतरुपमा नेतृत्व चएन भएको माओवपादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले बताए ।

भुगोल र संगठित पार्टी सदस्यको आधारमा सबै जातजाती भाषा भाषीकोे प्रतिनिधित्व हुने गरी समावेशिताको आधारमा सवै वडाहरुमा नेतृत्व चयन भएको नेता न्यौपानेले बताए । अधिवेशनमा लोकतान्त्रिक र प्रजातान्त्रिक अभ्यास अवलम्वन गरेकाले नेता कार्यकर्ता र अगुवा नेताहहरुमा उत्साह थपिएको न्यौपानेले बताए । उनले संगठन निर्माण अभियानसँगै आगामी निर्वाचनमा केन्द्रीत भएर जनतामा जान निर्देशन दिएको बताए ।

आज सम्पन्न वडा अधिवेशनबाट वडा नं ७ को अध्यक्षमा छेदवा थारु,उपाध्यक्षमा भिमा घर्ती, सचिवमा तेजप्रकाश पुन र कोषाध्यक्षमा दुखराम थारु सहित १५ सदस्यीय समिति गठन भएको छ ।

यसैगरी वडा नं १५ को अध्यक्षमा पितराम थारु,उपाध्यक्षमा सौधु थारु, सचिवमा हर्क बहादुर भण्डारी सहित १५ १५ सदस्यीय समिति गठन भएको कोहलपुर नगर समिति अध्यक्ष तुलाराज बिष्ट(विहानी)ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *