
कपिलवस्तु, ५ मंसिर – नेकपा माओवादी केन्द्रले मंसिर ४ गते शनिवार नेपाल भर नै वडा सम्मेलन गरेको छ ।
कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणमा पर्ने कृष्णानगर नगरपालिकाको वडा सम्मेलनमा माओवादी केन्द्रको जनलहर देखिएको छ । कृष्णानगर नगरपालिका मधेशी बहुल्य क्षेत्र भएता पनि कृष्णानगरमा माओवादी केन्द्र पहिलो शक्तिशाली पार्टीको रुपमा उभिएको छ ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिती सचिवालय सदस्य रुद्रलाला बन्जाडे, कपिलवस्तु जिल्ला समितीका सल्लाहकार थानेश्वर खनाल, नगर अध्यक्ष जावेद आलम खाँ, इन्चार्ज केशर ओलीको प्रमुख अतिथ्यता विशेष अतिथी तथा निर्वाचन प्रमुखहरुको उपस्थितीमा कृष्णानगर नपाका आठ वटा वडा सम्मेलन सम्पन्न भयेको छ ।
वडा सम्मेलन गर्नको लागि केन्द्रले दिएको निर्देशको पुर्ण पालना गर्दै हामीले पनि कृष्णानगरको आठ वटा वडा सम्मेलन भव्य रुपमा सम्पन्न गरेको सचिवालय सदस्य बन्जाडेले बताउनु भयो ।
समाजवादको यात्रा पुरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौ भन्नै नारा समेत तय गरेको छ । आगामी चुनावमा कृष्णानगरमा नेकपा माओवादी केन्द्रले आफ्नो वर्चश्व देखाउने बताउनु आफुहरुको पक्षमा मधेशी जनताको अपार माया रहेको भन्दै सच्चा कम्युनिस्ट पार्टी माओवादी केन्द्र नै भएकाले सबैलाई गोलबन्ध भएर लाग्ने आग्रह सचिवालय सदस्य रुद्रलाल बन्जाडेले गरेका छन ।
उक्त कार्यक्रममा प्रवक्ता नेपालीले माओवादी केन्द्रले मधेशकाे चाैतर्फी क्षेत्रमा विकास गर्न चाहेकाे बताउँदै केही अवसरवादी र पुँजीवादीकाे नेतृत्वले गर्दा मधेशमा विकासले फड्को मार्न नसकेकाे दाबी गर्नुभयो ।
कृष्णनगर नगरपालिका भित्रा माओवादी केन्द्रले ३ वटा वडामा जीत हासिल गरेको थियो । ति वडाहरुराई अवसरवादीहरुसँग बचाएर जनताले माओवादी केन्द्रलाई दिएको थियो । आज सबभन्दा बढ़ी बिकास ति ३ वडाहरुमा मात्रै भएको छ ।
केही नेताले मधेशकाे विकास गर्ने भन्दै झुठो आश्वासन बाँड्दै, जनतालाई झुक्याएर मत लिई विजयपश्चात विकासकाे नाममा सिन्काे नभाँचेकाे बताउदै वडा सम्मेलन भव्य र सफल बनाउनको लागि आउनु भक्तों सबै कामरेडहरुलाई हृदयदेखि धन्यवाद व्यक्त नेपालीले गरेका थिए ।
कृष्णनगर नगर अध्यक्ष जावेद आलम खाँ, इन्चार्ज केशर ओली, सचिव गणेशप्रसाद बन्जाडे, प्रवक्ता मौलाना मशहुद ख़ाँ नेपाली लगायतहरुको प्रयास तथा मेहनतले कपिलवस्तु जिल्ला टाप हान्दै १५२८ संगठित सदस्यता नवीकरण गरि शनिवार वडा सम्मेलन सम्पन्न गरेका छन् ।
इन्चार्ज केशर ओलीको अनुसार माओवादी केन्द्रले सदस्य नवीकरण वडा सम्मेलनदेखि केन्द्रीय अधिवेशनसम्मको लागि तैयार गरेको नयाँ निती नियम तथा अनलाईन नवीकरण प्रणाली प्रशंसनीय रहेको छ। तर कृष्णानगरमा प्राविधीक समस्या र हामीसँग कम समय रहेको कारणले हामीले सोचेको जति सदस्यता नवीकरण हुनसकेको छैन् ।
कृष्णनगरमा हजारभन्दा बढ़ी सदस्य ल्याउने तैयारी रहेको थियो । अहिले पनि सात सय बन्दा बढ़ी सदस्यहरुको आवेदन फार्म आनलाईन गर्न छुटेको बताउँदै वडा सम्मेलन भव्य सभ्य रुपमा सफल गर्नको लागि खटेका नेता कार्यकर्ता भोलेन्टीयर तथा शुभ चिन्तकहरुलाई हृदयदेखि धन्यवाद व्यक्त गरेका थिए ।
