कपिलवस्तु, १ मंसिर – शिक्षक/शिक्षिका समाजका आईना जस्तै रहेका छन् । तर शिक्षकले नै विधार्थीकाे जीवनसँग खेलवाड गर्न थालेपछि साेही समाजले उनलाई बहिष्कार गर्ने गरेका हुन्छन् ।
यस्तै एउटा घटना कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको वडा नं. ३ अन्तर्गत मुनेश्वर माध्यमिक बिधालय बहरवासीमा घटिरहेकाे छ । उक्त विधालयकी बालबिकास शिक्षिका रीता चौरसिया कक्षाकोठामा सुतेर अबोध बालबालिकाहरुको जिन्दगीसँग खेलवाड गर्दै आएकी छन् ।
बालबालिकाको जीवनसँग खेलवाड गर्दै सामाजिक भ्रष्टाचार गर्दै आएकी यी शिक्षिकाको प्रधानाध्यापक र व्यवस्थापन समितीले समेत कार्वाही गर्न सकेको छैन ।
यो बिद्यालय मेरै बाउबाजेले बनाएको भन्दै धाक दिंदै आएकी चौरसियालाई कार्वाही गर्न सम्बन्धित निकायको ध्याम जानु पर्ने कुरा आम अभिभावक र विद्यार्थीको माँग रहेको छ ।
उक्त विधालयका अभिभावक तथा अध्ययनरत विधार्थीहरूले शिक्षिका चाैरसिया कार्वाहीकाे माग गर्दै ‘शिक्षक चाेर स्कुल छाेड, १० देखि ४ डियुटी गर, तानाशाही नही चलेगा,’ लगायत नारा जुलुस गरेका छन् ।
