Sunday, April 19सत्यम खबर
Shadow

एमसिसि पास गर्न नपाएर केपीले पार्टी फुटाए : नेता महरा

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थाई समिती सदस्य कृष्णबहादुर महराले एमसिसि पास गर्न नपाएको झोकमा केपी वलीले नेकपा बिभाजन गराएको बताएका छन् ।

आईतवार कोहलपुरमा वाईसिएल नेपालद्धारा आयोजीत शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महराले आफुलाई स्वघोषीत राष्ट्र भन्ने केपी वलीले नेकपा बिभाजन गरेर भएपनि एमसिसि पास गराउन पार्टी फुटाएको आरोप लागाए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अडानका कारण एमसिसि पास हुन नसकेको बताउँदै महराले माओवादी पार्टीले कहिल्यै राष्ट्रघात गर्न नसक्ने दाबि गरे । महराले सहिदका सपना र रगतका कारण आफ्नो पार्टीले राष्ट्रघात नगर्ने बताए । एमसिसि पास गर्न नदिएका कारण अगामी निर्बाचनमा माओवादीलाई हराउन देशी बिदेश प्रतिक्रिया वादिको चलखेल हुन सक्ने नेता महराको भनाई छ ।

कार्यक्रममा बोल्दै माओवादी युवा संगठन वाईसिएल नेपालका सहसंयोजक सुबोध राज सेर्पाइलीले माओवादी एजेडा र माओवादीले हाल सम्म गरेका कामहरु लिए जनतामाझ जान वाईसिएल नेता कार्यक्रर्ता लाई निर्देशन दिए ।

उनले देशमा सञ्चारको बिकास गरी हात हातमा मोवाईल लिने अवस्था सृजना गर्न, लोड सेडिङ अन्त्य र तिब्र आर्थिक बिकास गर्न माओवादीको योगदान रहेको स्मरण गराए । उनले सुत्केरी भत्ता, आमा स्हार कार्यक्रम, एकल महला भत्ता लागाएका लोकप्रिय कायक्रम माओवादीले नै सुरुवात गरेको बताए ।

सोही कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि २ दजर्न युवा माओवादी प्रबेश गरेका छन । एमाले कोहलपुर ६ कि नेतृ एंव सौन्दर्य व्यवसायी सुनिता आरसी लगायत नेकपा एमाले, काँग्रेस र राप्रपाबाट माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *