
नेपालगन्ज, १३ कार्तिक – काेभिड-१९ काेराेना भाईरसकाे दाेस्राे संक्रमणकालमा लायन्स क्लब अफ नेपालगन्ज पन्चसिलद्वारा सञ्चालित पन्चशिल फुड बैंक अभियान हालसम्म सञ्चालन रही गरिब, दुखीहरूलाई खाधान्न सहयाेग गर्दै आईरहेकाे छ ।
यसै क्रममा आज शनिबार लायन्स क्लब अफ नेपालगन्ज पन्चसिलले नेपालगन्ज स्थित गायत्री नगरमा रहेको अपाङ्ग बस्तीमा २० जना परिवारहरूलाई खाधान्न सामाग्री वितरण गरेको क्लबका अध्यक्ष भावना सापकाेटाले जानकारी गराउनुभयाे ।
खाधान्न वितरण कार्यक्रममा क्लवका अध्यक्ष सापकोटा, उपाध्यक्ष कृष्णा पाण्डे तथा कोषाध्यक्ष केवलकुमार वैश्यको उपस्थित रहेको भने स्थानीय समाजसेवी बिन्दु चर्तिमगरले सहजीकरण गर्नु भएकाे थियो ।
क्लबका अध्यक्ष सापकाेटाका अनुसार कोभिड १९ को दोस्रो लहरको विकराल स्थितिमा जेष्ठ ११ गतेबाट फुड बैंक सञ्चालनमा आएदेखि अहिलेसम्म अति बिपन्न ज्यालादारी मजदुर अपाङ्ग लगायत १५ सय घर परिवारलाई खाधान्न सामाग्री वितरण गरिएको बताउनुभयाे ।
पन्चशिलको फुड बैंक अभियान यो वर्ष भरि नै निरन्तर सञ्चालन रहने अध्यक्ष सापकाेटाले बताउनुभयाे ।
