Tuesday, April 21सत्यम खबर
Shadow

सांग्रिलाको वार्षिकाेत्सवमा बृहत् रक्तदान

नेपालगन्ज, १० कार्तिक – सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएकाे छ । बैंकको स्थापना दिवसमा १७ वर्ष पूरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा आज बुधबार बृहत् रक्तदान गरेकाे छ ।

यस अगावै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्त्री रोग विशेषज्ञ डा शाफिया समिम शेष, डा स्वयता साह, जनरल फिजिसियन डा शंकर केसी, मेडिकल अधिकृत संकल्प सिग्देललगायतको टिम शिविरमा खटिएर बर्दियामा निशुल्क स्वास्थ शिविरकाे आयाेजना गरिएको सांग्रीला डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख जयन्द्र खड्काले जानकारी गराउनुभयाे ।

वार्षिकाेत्सवका अवसरमा साता व्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उहाँले कार्तिक ८ गते राजापुरमा पनि स्वास्थ्य शिविर सम्पन्न गरिएको जानकारी गराउनुभयो । यस्तै आज १० गते नेपालगन्जमा वृह्त रक्तदान जारी रहेको खड्काले बताउनुभयो ।

बृहत् रक्तदान कार्यक्रमकाे आयाेजना बैंककाे प्रधान कार्यालय धम्बाेझी शाखामा गरिएकाे जानकारी गराउँदै कशाैधन वैश्य समाज युवा मञ्चका अध्यक्ष आदित्य गुप्ताले मेराे आफ्नै नेतृत्वमा १० जनाले रक्तदान गरेका छन् भने हालसम्म १ सय ५० जनाले रक्तदान गरिसकेकाे बताउनुभयाे ।

अध्यक्ष गुप्ताका अनुसार बैंकले ४ बजेसम्म रक्तदानकाे समय सुनिश्चित गरेकाे छ भने २ सय ५० जनाभन्दा बढीले रक्तदान गर्ने लक्ष्य बैंकले लिएकाे बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *