Saturday, April 25सत्यम खबर
Shadow

मन्त्री अथक भेटघाट तथा कार्यक्रममा ब्यस्त

ताहिर शेष राई
नेपालगन्ज, १ कार्तिक – मन्त्री भएपछि पहिलो पटक दशैं मनाउन गृह जिल्ला बाँके आएका नेकपा माओवादी केन्द्र क्षेत्र नं. १ का सांसद तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक दशैं संग–संगै विभिन्न भेटघाट, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा ब्यस्त रहँदै आएका छन् ।

आईतबार बिहान नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र वाइसीएल नेपाल बाँकेले संयुक्त रूपमा आयोजना गरेको नवनियुक्त माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अथकले भन्नु भयो –‘बाँके जिल्लाले पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो । प्राप्त यो अवसरलाई मैले पुर्ण रुपमा इमानदारीताका साथ लागेर जिम्मेवारी निभाउने छु ।’ उहाँले भन्नू भयो – ‘युवा लगायत खेलकुद क्षेत्रका समस्याहरूलाई समाधान गर्न लागि पर्नेछु । कसरी हुन्छ साथी –भाई र खेलकुद क्षेत्रका विज्ञको सल्लाह सुझाव अनुसार यो जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पु¥याउनेछु ।’

युवालाई स्वरोजगार बनाउने, खेलकुद क्षेत्रलाई टेवा पु¥याउने तथा स्काउट लगायतलाई चलायमान र क्रियाशिल बनाउँन कार्यकालागि नितिगत र कानुनी रुपमा रही गर्न सक्ने जस्तो सुकै काम पनि आफुले गर्ने प्रतिबद्धता समेत मन्त्री अथकले व्यक्त गरे ।

मन्त्री अथक दशैको अवसर पारेर गृह जिल्ला बाँके आएका थिए । जिल्ला बसाईका क्रममा उहाँले आफ्नो क्षेत्रका मतदाता, पार्टीका नेता कार्यकर्ता, खेलाडी, खेलकुद क्षेत्रका विज्ञ व्यक्ति लगायतसङ्ग भेटघाट गरेका थिए । उनी आइतबार नै काठमाडौ प्रस्थान गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *