Sunday, April 26सत्यम खबर
Shadow

बस दुर्घटना, १६ जना घाइते

डडेल्धुरा, २६ असोज – धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरूष छन् ।

बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *