Sunday, April 26सत्यम खबर
Shadow

भारतबाट आयो १० लाख कोभिसिल्ड खोप

काठमाण्डौ, २५ असोज – सरकारले अग्रिम भुक्तानी गरेको कोभिड– १९ विरुद्धको कोभिसिल्ड खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ । सम्झौता अनुसार आठ महिना अगाडि नै आउनु पर्ने भए पनि सर्वाेच्च अदालतले खोप बिक्रीमा रोक लगाएकाले भारतबाट आउने १० लाख पठाए पनि बाकी १० लाख डोज खोप रोकिएको थियो । ५ फागुन ०७७ मा सरकार र सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख खोप खरिदका लागि सम्झौता भएको थियो ।
सरकारको पटक–पटकको पहलपछि शनिबार बाँकी १० लाख खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए । सम्झौताकै समयमा सरकारले चार डलरका दरले अग्रिम भुक्तानी गरेको थियो । भारतबाट आएका दश लाख डोज खोप दसैँपछि लगाउने सरकारको तयारी छ ।


९ माघ ०७७ मा भारतले नेपाललाई दश लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । भारतबाट दश लाख अनुदान, दश लाख खरिदको, नेपाली सेनालाई एक लाख सहयोग र कोभ्यास सुविधामार्फत तीन लाख ४८ हजार मात्रा खोप आएको थियो । तर, खरिद गरेको खोप आउन ढिला भएपछि सरकारलले अन्य देशसँग सहयोग मागेको थियो । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेका खोप दिएको थियो ।
त्यस्तै, भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप प्राप्त भएको थियो । अहिलेसम्म पूर्ण खोप लगाउने ६४ लाख ४६ हजार नौ सय ५७ जना पुगेका छन् । पहिलो डोज लगाएका संख्या ८१ लाख २७ हजार दुई सय ६२ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *