नेपालगन्ज, १० अषाढ – नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि १ अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ ।
बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नु भएको हो । बजेट प्रस्तुत गर्दै उपप्रमुख थापा मगरले नगरका २३ वडाका लागि २८ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
नेपालगन्जले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियान कै रुपमा लिई कार्यान्वयन गर्नु अपरिहार्य रहेको जनाएको छ । चालु आव २०७७÷७८ मा नेपालगन्जको कुल बजेट १ अरब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपियाँको छ ।
कोभिडका कारण गतवर्ष नेपालगन्जले आन्तरिक आय लक्ष्य अनुसार उठाउन सकेको छैन । कर संकलनमा नेपालगन्ज उद्योग बाणिज्य संघसँग सहकार्य गरिने भएको छ । बजेटमा अनुमानित भन्दा बढि ब्यवसाय कर बृद्धि भएमा अनुमानित भन्दा बढि आम्दानी भएको रकमको २० प्रतिशत संघलाई आव २०७९÷०८० मा अनुदानको रुपमा उपलब्ध गराइने भएको छ ।
बजेटमा वहाल करमा छुट, अपांगता भएका ब्यक्ति, महिलाद्वारा सञ्चालित उद्योग व्यवसायमा कर छुटको नीति ल्याइएको छ । कोभिडका कारण स्वदेश फर्केका ब्यक्तिलाई व्यवसायमा लाग्ने करमा समेत छुटको व्यवस्था गरिएको उपप्रमुख मगरले जानकारी दिनुभयो ।
यस्तो छ नेपालगन्जको बजेट