Saturday, November 23सत्यम खबर
Shadow

चक्रपथ विस्तारका लागि पहल गरिने

नेपालगन्ज, १० अषाढ – नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ मा चक्रपथ विकासका लागि आवश्यक पहल गर्ने भएको छ । बिहिवार भएको ९ औं नगरसभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख डा. धवलशम्शेर राणाले भौतिक पूर्वाधार विकासमा प्राथकिता दिइएको बताउनुभयो ।


उपमहानगरपालिकाले सम्पूर्ण वडामा भवन निर्माण कार्यलाई निरन्तरता दिने भएको छ । वडा नम्बर ६ मा क्रिक्रेट रंगशाला निर्माणलाई अगाडी बढाउन आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । वडा कार्यालयहरुलाई पक्कि सडकले जोडिने र सार्वजनिक भौतिक संरचनाहरु निर्माण गर्दा अपांगमैत्री हुने गरि निर्माण गरिने भएको छ । नाला नभएका ठाउँमा नाला र नाला सहितको कालोपत्रे पिसिसी र ग्राभेल गर्ने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुर्खेतरोडको दायँबायाँ नाला नभएको स्थानमा ब्यवस्थित पक्कि नाला बनाउनका लागि आवश्यक पहल गरिने नगर प्रमुख राणाले बताउनुभयो ।


नीति तथा कार्यक्रममा महनगरपालिकालाई प्राथमिकता दिइएको छ । महानगरका लागि उपयुक्त स्थानमा जग्गाको ब्यवस्थापन गर्ने र संरचना निर्माणका लागि डिपिआर निर्माणका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
यसैगरी नगर स्तरीय ठुला योजनाहरुको प्राविधिक प्रतिवेदन तयार गरि आयोजनाहरुको निर्माण कार्य सुरु गर्न पहल गरिने, रात्रिकालिलन बजारको पूर्वाधार निर्माणका लागि पहल गरिने उल्लेख गरिएको छ । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पहल गर्ने, नगरबासीलाई स्वच्छ पिउने पानीको पहुँच पु¥याउन आवश्यक पहल गरिने भएको छ ।

यस्तो छ नेपालगन्जको नीति तथा कार्यक्रम


जेष्ठ नागरिकहरुको ज्ञान, सिप र धारणा र अनुभवहरुको सम्मान एवं प्रयोगका लागि जेष्ठ नागरिक संजाल गठन गरि आवश्यकता अनुसार दिवा सेवा केन्द्र सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यसैगरी गल्फ कोर्ष निर्माण गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *