Friday, November 22सत्यम खबर
Shadow

शिक्षामा परिवर्तन ल्याउँदै खजुरा गाउँपालिका

खजुरा, २९ जेष्ठ – सामुदायिक विद्यालय तीस मदरसा १७ संस्थागत विद्यालय २१ गरि जम्मा ६५ विद्यालय भएको खुजुरा गाउँपालिकामा प्रा.वि. तर्फ १ सय ५८ शिक्षक, नि.मा.वि. तर्फ ४२ मा.वि तर्पm ३५ प्रशिक्षणमा १६ प्राविधिक १२ जना शिक्षक रहेको खजुरा गाउँपालिका अहिले शिक्षामा निकै फड्को मारेको छ ।
६६ वटा बाल विकास केन्द्र ४७ बटा वटा विद्यालय रहेको खुजुरा गाँउपालिकामा विद्यार्थीको संख्या बाल विकासमा ६७९० जना एकदेखि पाँचसम्म १७६०४ जना कक्षा ६–८ सम्म ७३१२ जना ८ कक्षा देखि १० सम्म ४०१० जना र ११ र १२ मा १,३०४ जना रहेको खजुरामा जम्मा ३७००२० अहिले अध्यायनरत छात्रछात्रा रहेका छन् ।


विश्वलाई आक्रान्त गरेको कोरोना भाइरसले केही शिक्षा केही समस्या उत्पन्न भए पनि खजुरा गाँउपालिकाले कोभिड वैकल्पिक प्रणालीबाट निरन्तर विद्यार्थीलाई अध्यापन गराई रहेको खजुरा शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
बाँकेवासीको अथक परिश्रमका कारण प्रदेश सरकारले खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गर्न लागेको छ । अहिलेको यो विज्ञान प्रविधिको युगमा यो विश्वविद्यालयले पनि प्राविधिक शिक्षालाई नै प्रथमिकतामा राख्नु पर्ने देखिन्छ । त्यसो भन्दैमा अन्य साधारण र सामाजिक विषयहरुलाई पनि स्थान दिनु पर्दछ । यहाँ कुन कुन र कस्ता विषय समेट्दा राम्रो होला भनेर भन्दा पनि यसका सकारात्मक र नकारात्मक प्रभावबारे केही मात्रामा चर्चा गर्न लागिएको शिक्षा शाखा प्रमुख मल्लको भनाइ छ ।
संघीय सरकारबाट खजुरामा आएको ६० लाख ७० हजार रुपैयाँ विद्यालयले निकासा गरेर यहाँको माटोसँग सुहाउँदो शिक्षा समेटिने छ । जसको फलस्वरूप यहाँका स्थानियका रिति रिवाज पनि अध्ययन अनुशासनका विषय बन्ने छन् । यहाँको भाषा साहित्यको अध्ययन अनुसन्धान हुनेछ । यसले गर्दा एक थरिका व्यक्ति र परिवारको विभिन्न कुराको जानकारी अर्को समाजका व्यक्ति र परिवारलाई हुने भएकाले सामाजिक सद्भाव बढ्ने छ । समाजमा सामाजिक एकता कायम हुनेछ । नेट ईन्टरनेटको ब्यवस्थापन गर्ने सम्पूर्ण विद्यार्थीलाई निशुल्क गुणस्तरीय शिक्षाको विकास हुने समेत मल्लले जानकारी दिएका छ्न ।


खजुरा गाँउपालिकामा सञ्चालनमा आएका ४ वटा सिकाइ केन्द्रमा सिकाइलाई औपचारिक र अनौपचारिक मोडालिटीबाट सञ्चालनमा ल्याएका छौ र बाहिर रहेका विद्यार्थीलाई संघीय सरकारबाट १३ लाख र गाँउपालिकाबाट ११ लाख रकम ल्याएका छौ यसको स्तर अझै गुणस्तर युक्त गर्न लागेको शाखा प्रमुख मल्लको भनाइ रहेको छ ।
५ मा.वि. मा दरवन्दी छन् र अनुमति प्राप्त विद्यालयमा जनशक्तिको अभाव रहेको पनि बताउनु भयो । बहिराहरुलाई छुट्टै विद्यालय बनाएर गुणस्तरीय शिक्षा र वार्षिक ४० हजार प्रत्येक विद्यार्थीलाई खजुरा गाँउपालिकाले दिंदै आइरहेको पनि प्रमुख मल्लले जिगिर गरेका थिए ।
यहाँ विश्वविद्यालयको स्थापना भयो भने सबैभन्दा बढी त यहाँको शैक्षिक उन्नयन नै हुने हो । यहाँका विद्यार्थीले सहज रूपमा उच्च शिक्षा अध्ययन गर्न पाउनेछन् । +२ पास गरेर पनि विभिन्न कारणबाट उच्च शिक्षाबाट बन्चित हुन पुगेका खजुराका उर्जाशिल विद्यार्थीहरूले कम लागत र सहज रुपमा उच्च शिक्षा प्राप्त गर्न सक्ने छन् । त्यसैगरी यहाँ रहेका अन्य व्यक्तिहरूले पनि सहज रूपमा आफ्नो शैक्षिक गुणस्तर बृध्दि गर्न सक्ने छन ।
यहाँको वि.वि. ले यहीका रिति, रिवाज, कला, साहित्यलाई प्रथमिकतामा राखि खोज अनुसन्धान गर्ने हुँदा लोपोउन्मुख विभिन्न चिजको खोज अनुसन्धान हुने छन् ।


त्यति मात्र कहाँ हो र यहाँ रहेका विज्ञान प्रविधिका हाम्रा मौलिक कुराहरू समेत अध्ययन अनुसन्धान हुन गई हाम्रा प्रविधिहरू समेत विश्व व्यापिकरणमा प्रवेश हुने छन् । त्यसैगरी वि.वि.ले भित्र्याउने नयाँ प्रविधिहरू समेत यहाँ आई पुग्ने छन् । यस्तो कार्य योजना बनाएर अगाडि बड्ने शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लको भनाइ रहेको थियो ।
सीमान्तकृत, विपन्न परिवार, जनजाति, मुस्लिम, मधेसीलाई छात्रवृत्तिको ब्यवस्था र ११ कक्षा र १२ निशुल्क पढ्ने व्यवस्था मिलाएको पनि शिक्षा शाखा प्रमुख मल्ल बताउनु भयो ।
विश्वविद्यालयका लागि आवश्यक मावन स्रोतको व्यवस्थापन गर्नु पर्ने हुन्छ । प्रत्यक्ष रूपमा प्राध्यापकहरू र विभिन्न कर्मचारीहरूको दरवन्दि सिर्जना हुन गइ रोजगारीका अवसर खुल्ने छन । जसमा बाँकेवासीले यथेष्ठ लाभ लिन सक्ने छन् । त्यति मात्र नभइ अप्रत्यक्ष रोजगारीका अवसरहरू समेत सिर्जना हुने छन् । जस्तै होटल व्यवसाय फस्टाउनेछ, विभिन्न यातायातका साधनहरूको बिक्रि वितरण बढ्ने समेत जानकारी दिनु भएको छ । सबैको हातेमालो र शिक्षालाई समाज परिवर्तनको मुख्य भाडो बनाउन पनि जोड दिन आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *