Sunday, April 12सत्यम खबर
Shadow

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरमा अंकुश

काठमाण्डौ, ७ श्रावण –नेपाल राष्ट्र बैकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिको संरचना र लक्ष्य अन्तर्गत नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई अंकुशको रुपमा यथावत राखिएको छ ।

साथै मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यको रुपमा यथावत राखेको छ ।

विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता र वार्षिक लक्षित मुद्रास्फीतिका आधारमा नीतिगत दर तय गरिने उल्लेख छ । मौद्रिक नीतिको लक्ष्य कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्नु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *