Friday, April 24सत्यम खबर
Shadow

नेपालगन्जमा शक्तिशाली बिस्फाेट, घटनाकाे अनुसन्धान जारी (फाेटाे फिचरसहित)

नेपालगन्ज, १३ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ रामनगर स्थित रमेश नाग तेलीको घरमा आईतबार बिहान करीब ५ बजे शक्ति शाली बिष्फोट हुँदा घरमा सुतिरहेका २ जना मध्य १ जनाको मृत्यू हुनुको साथै १ जना गम्भिर घाईते भएका छन ।

नेपालगन्ज वडा प्रहरी कार्यालय नजिकै रहेको उक्त ठाउँमा आईतबार एका बिहानै बिष्फोटको ठुलो आवाज आएपछी वडा प्रहरी कार्यालयको टोली उक्त ठाउँमा पुगी तत्काल खोजतलास तथा घटनाका पिडितहरुलाई सहयोग गर्ने कार्य गरेको स्थानिय बासिन्दाहरुले जानकारी दिनुभएको छ ।

रमेश नाग तेलीको घर भाडामा लिएर बस्दै आएका बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं. ८ का गणेश भन्ने समिर वली र रामनगर कै मोहम्द आरिफ अली अन्सारी बिष्फोटमा परि शक्त घाईतेको भएकोमा प्रहरीले उपचारको लागी ततकाल भेरी अस्पतालमा लगेको थियो ।

बिष्फोटमा परि गम्भीर घाईते दुबै जनालाई तत्काल उपचारका लागी भेरी अस्पतालमा लगेकोमा गणेश भन्ने समिरको चिकित्सकले आईतबार ६ः२० बजे नै मृत घोषणा गरेको र आरिफ भन्नेको अवस्था गम्भीर रहेको र भेरी मै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

नेपालगन्ज रामनगरका रमेश तेलीको ३ कोठे पक्की भवन भाडामा लिएर स्थानिय मोहम्द आरिफ अली अन्सारी र निजको नाताले साला पर्ने बर्दियाका गणेश भन्ने समिरले कांचको चुराको गोदाम सञ्चालन गर्दै आईरहेको र उक्त गोदाममा करिब ४ः४५ बजेतिर आगलागी भएको र सोही आगलागीको समयमा शक्तीशाली बिष्फोट भएको स्थानिय बासिन्दा तथा प्रहरीले जनाएको छ ।

घरमा बिधुत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको भएपनि प्रहरीले छानबीन गरिरहेको छ भने घटना लगत्तै स्थानिय बासिन्दा तथा सुरक्षकर्मिहरुको सहयोग र नेपालगन्ज उपमहानगरको २ वटा दमकलको सहायताले आगलागी पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ताले जनाएको छ ।

आगलागीको क्रममा घरमा रहेको ग्यांस सिलिण्डर, अन्य कुनै विस्फाेटक सामान व घर भित्रै ग्यास ननिस्केर बिष्फोट भएको भन्ने शुरूवाती अनुसन्धान मै रहेकाे प्रहरी प्रवक्ता बाँकेका डिएसपीले जनाएका छन् । आगलागीबाट चुराका कच्चा तथा तयारी सामानहरु जलेर पुर्णरूपमा नष्ट हुनुका साथै ३ तले पक्की घर बिष्फोटले पूर्ण क्षतीग्रस्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *