Tuesday, April 21सत्यम खबर
Shadow

घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने

नेपालगन्ज, २० साउन – शहरी क्षेत्रको घनाबस्ती रहेकाे नेपालगन्ज उपमहानगरपालिकाको बडा नं.३ र ७ का सवै घरहरुको भौतिक  संकटासन्नता सर्वेक्षण हुने भएको छ ।

उपमहानगरपालिको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र युनिसेफको साझेदारीमा दुबै बडाका १ हजार १ सय घरहरुमा गई विपदका दृष्टिकोणबाट जोखीमयुक्त संरचना रहे नरहेको बारेमा सर्वेक्षण हुने छ ।

आज शुक्रवार भएको समन्वय बैठककमा सर्वेबारेमा जानकारी गराइएको थियो । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राइ, निमित्त प्रमुख प्रशासकिय अधिकृत गोरख बहादुर थापा, रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिह सझना समेतको उपस्थितिमा भएको समन्वय बैठकमा २३ बटै बडाका प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत जोखीमयुक्त घरहरुको पहिचान गरी नगरभित्र विपद पूर्वतयारी गरी संरचना निर्माण गर्न पहल गर्ने उद्देश्यका साथ फिल्डमा प्रविधिक परिचालन गरिएको विपद् फोकल पर्सन प्रकाश डिसीले बताउनुभयो । रेडक्रस बाँकेका सभापति सझनाले उपमहानगरपालिकासँगको सहकार्यमा सुपर परियोजनाले शहरी विपद् जोखीम न्यूनिकरणमा उल्लेख्य भुमिका निभाउने विश्वास व्यक्त गर्नुभयो ।

बातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समिर प्रताप सिहले घरहरुको जोखीम पहिचान भैसकेपछि विमा कार्यक्रमलाई नगरमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा युनिसेफ नेपालका नरेश निदालले सर्वेक्षणको महत्ववारेमा जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *