मृतात्माले सताइएका मान्छे निको पार्ने ‘भूत मेला’
जनकपुरधाम : बडादशैँका बेला अनादिकालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको सोनामाई मन्दिरमा भूत मेला लागेको छ। महोत्तरीको औरही नगरपालिका ७ मा अवस्थित सोनामाई शक्तिपीठमा परापूर्वकालदेखि नै भूत मेलाका लागि प्रख्यात रहेकोले षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने भूत मेलामा हजारौँ पीडित (कारनी) र दर्शनार्थी मेला हेर्न आउने गरेका हुन्।
प्रत्येक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेलामा भूतप्रेत, बोक्सा–बोक्सी र मृत दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष मेलामा आउने र सोनामाईको कृपाले मानिसहरू निको भएर जाने गरेको जनविश्वास रहेको सोनामाई मन्दिरका पूजारी कामेश्वर झाले बताए।
सोनामाई मन्दिरमा भूत, पिशाच, कालो जादुटुना र बोक्सा–बोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोधारमा परेकाहरू सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दै–पड्दै,...