बिज्ञान तथा प्रबिधीको बाँकेमा बृहत प्रदर्शनी एवं महोत्सव हुन
नेपालगञ्ज । आउदो फागुन महिनाको ८ गते देखि १० गते सम्म नेपालगंजमा बिज्ञान तथा प्रबिधीको बृहत प्रदर्शनी एवं महोत्सव हुने भएको छ ।
शनिबार नेपालगन्जमा पत्रकार भेटघाटमा आयोजक संस्था ग्रान्ड साईन्स फेस्टिवलले प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुर पश्चिम् प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी बिद्यालयका कक्षा ८ देखि१२ सम्मका विद्यार्थीहरुको बैज्ञानिक प्रतिभा प्रदर्शन, देशैभरिबाट युवा बैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिसङ्ग सम्बन्धित कविता, बादबिबाद र नाटकको प्रतियोगिता समेतको प्रर्दशनी हुने जनाएको छ ।
महोत्सवमा बिज्ञान र प्रबिधिसङ्ग सम्बन्धित ३ सय स्टलहरु राखिने र बिद्यालय स्तरको बैज्ञानिक प्रतिभा प्रदर्शन प्रतियोगिताका प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार प्रदान गरिने छ । त्यसैगरी युवा बैज्ञानिकहरुको खुला प्रतियोगिता तर्फ ...