फ्लोअपः नेपालगन्ज डुबानको जिम्मेवार को ?
नेपालगन्ज, २९ श्रावण– बुधवार बिहान १ बजेदेखि जारी भएको भारी बर्षाका कारण बाँकेको अधिकांश स्थान डुवान हुने खतरा बढेको छ । भारी बर्षाका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ र ७ को अधिकांश टोल डुवानमा परेको छ । भारी बर्षाका कारण नेपालगन्ज वडा नं. ६ को फुल्टेक्रा गाउँभित्र, रामनगर, नयाँबस्ती, शितलनगर, हुलाकी राजमार्ग छेउ बस्ती, वडा नं. ७ को गगनगंज, रानीतलाउ नजिकका टोल डुवानमा परेका छन् ।
लक्ष्मी बस्नेतको घरदेखि रोहित चन्दको घरसम्म नाला निर्माण उपभोक्ता समितिका दिपेन्द्र पाठकद्वारा निर्माण गरिएको नाला, बजेट ५ लाख । तस्वीर : सत्यमखबर
उक्त स्थानहरुमा वडा तथा उपमहानगरपालिकामार्फत खटाईएका ईन्जिनियरहरुको लापरवाही प्रष्ट देखिएको स्थानीयहरुको गुनासो रहेको छ । स्थानीयहरुको भनाई अनुसार रामनगरको बाटो बनाउने ठेकेदारले कमसल सामान प्रयोग गर्दा ईन्जिनियरले के हेरी बसेका थिए, हामीले जानकारी गराए पनि ...