
मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको भर्ना अभियान जारी
सकिल अहमद राईजानकी, ४ जेष्ठ – बाँकेका सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु भएकाे छ । बाँके जिल्लाको जानकी गाउँपालिका वार्ड नं.–१ स्थित मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको बैशाख २३ गतेदेखि जेष्ठ महिनाको ७ गतेसम्म कक्षा १ देखि २ कक्षासम्म भर्ना अभियान तथा घरदैलौ अभियान कार्यक्रम शुरु भएको छ ।
मदरसा नूरे मोहम्मदी रहेमानुल उमुल जाेगागाउँको प्रधानाध्यापक वारिस कबडियाका अनुसार शैक्षिक सत्र–२०७९ भर्ना अभियान कार्यक्रम “सबै बालबालिकालाई बिद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” सम्पूर्ण अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुले उज्वल भविष्यको लागी समयमा बिद्यालय गई भर्ना गराउनका लागी सबैमा हार्दिक अनुरोध गर्दछौं भनी बताउनुभयाे । निमित प्रधानाध्यापक बबिता मिश्रको अनुसार अहिले सम्म ६० जना विद्यार्थीको भर्ना गरी सक्नु भएको छ । आज जानकी १ नं वडा को बढैयागाउँ, जाेगागाउँ तथा न...