Thursday, March 12सत्यम खबर
Shadow

समाचार

रुपन्देही घटनाप्रति प्रदेश ५ समितिको गम्भीर ध्यानाकर्षण

रुपन्देही घटनाप्रति प्रदेश ५ समितिको गम्भीर ध्यानाकर्षण

प्रदेश ५, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २१ श्रावण– नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे र लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेमाथि ०७७ साउन १९ गते समाचार संकलनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरीक्षक रोशन पाण्डेद्वारा गरिएको आक्रमण प्रयास तथा क्यामेरा खोसिएको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमार्फत जनाइएको छ । विज्ञप्तीमा रुपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्गको सालझण्डी बजारमा अख्तियार कार्यालय बुटवलबाट खटिएका सादा पोसाकमा रहेका प्रहरीले सवारी साधनको जाँच गरिरहेको तस्वीर लिने क्रममा प्रहरी निरीक्षक पाण्डेसहितका प्रहरीले पत्रकार भगवती पाण्डेको क्यामेरा खोस्नुका साथै सोही विषयलाई लिएर झगडा गर्दै पत्रकारद्वयमाथि दुव्र्यवहारका साथ आक्रमण प्रयाससमेत गरेको जनाइएको छ । नागरिकलाई सुसूचित गराउने धर्म नि...
भ्रामक समाचार सम्प्रेषणप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण

भ्रामक समाचार सम्प्रेषणप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २१ श्रावण– बाँकेको नरैनापुर गाउँपालिकाले केही संचार माध्यम र सामाजिक संजालमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको ब्यक्तिगत आचारणमा गम्भीर आघात पुग्ने गरी एकतर्फी रुपमा भ्रामक समाचार सम्प्रेषण भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र फेसबुक वालहरुमा गाउँपालिकाका कर्मचारीहरुको हवाला दिई केही दिनदेखि आइरहेको भ्रामक तथा तथ्यहीन समाचार र सूचनाको हकको नाममा अनावश्यक र औचित्यहिन सूचना मागका सन्दर्भमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विपद् र विगतमा पालिकाले गरेका उल्लेखनीय कार्यहरुका सन्दर्भमा कहीँ कतै उल्लेख र सहयोग नगर्ने, वेमौसममा भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण गर्ने, अन्य ब्यक्ति तथा संस्थाको गोपनियताको समेत ख्यालै नगरी सामाजिक संजालको दुरुपयोग आफैंमा...
‘शनिबार रातीसम्म निषेधाज्ञा जारी रहने’ प्रजिअ कुरूम्वाङ

‘शनिबार रातीसम्म निषेधाज्ञा जारी रहने’ प्रजिअ कुरूम्वाङ

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २० श्रावण– बाँकेमा गत शनिबार रातीदेखि जारी गरिएको निषेधाज्ञा थप ४ दिन बढाईएको छ । मंगलबार बसेको जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले तीन दिने निषेधाज्ञा थप बढाएर लैजाने निर्णय गरेको हो । समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको बैठकमा आईतबारदेखि जारी निषेधाज्ञा आउने शनिबार राती १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो ।...
ज्वाला सिंह समूहका राढ पक्राउ

ज्वाला सिंह समूहका राढ पक्राउ

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २० श्रावण–सशस्त्र भुमिगत समुह तराई जनतान्त्रीक मुक्ती मोर्चा (ज्वाला सिंह) मा आवद्ध रहँदा राढ हत्या, अपहरण, फिरौती माग तथा बम बिस्फोट गर्ने जस्ता विभिन्न अपराधमा संलग्न हुँदै आएका । मालपोत र भुमीसुधार कार्यालय बाँकेमा बम बिस्फोट गराएको अभियोगमा अदालतबाट जेल सजाय सुनाईएको ब्यक्ति पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०६८ सालको मंसिर १४ गते डुडुवा गाँउपालिका ६ का केशव राढले भुमीसुधार र मालपोत कार्यालय तथा ०६८ चैत्र ६ गते गनापुरको अधिकारी फ्याक्ट्रीमा बम बिस्फोट गराएका थिए । भुमीसुधार कार्यालय बाँकेमा बम बिस्फोट गराएको मुद्दामा जिल्ला अदालत बाँकेले राढलाई ६ महिना जेल तथा ५ हजार जरिवानाको फैसला गरेको थियो । त्यसैगरी मालपोत कार्यालयमा बम बिस्फोट गराएको घटनामा समेत जिल्ला अदालत बाँकेले सोही प्रकृतीको सजाय सुनाएको थियो । गनापुरको अधिकारी फ्याक्ट्रीमा बम हानेको मुद्द...
अधिकृतसहित थप ६ जनामा संक्रमण, फेसबुकमार्फत वडाध्यक्ष रिजालको सन्देश

अधिकृतसहित थप ६ जनामा संक्रमण, फेसबुकमार्फत वडाध्यक्ष रिजालको सन्देश

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ श्रावण– नेपालगन्ज उपमहानगरपालिकाका थप ६ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नौ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण देखिएकाहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख, वडा सचिव, आईटी ईन्जिनियर, कम्प्युटर अपरेटर, कर्मचारी, जग्गा व्यवसायी र पसले छन । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार तीन जनामा स्वास्थ्य समस्या देखिएको छ । उनीहरू सबैलाई आईशोलेसनमा राखिएको छ । त्यसैगरी, कोरोना संक्रमणपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन् । सोमवार बिहान कोरोना संक्रमण पुष्टि भएपछि रिजाललाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारका लागि राखिएको छ । नेपालगन्ज उपमहानगरका प्रवक्तासमेत रहेका वडाध्यक्ष रिजालले फेसबुकमा सन्देश दिँदै लेखेका...
सहकारी बैंक बागलुङ शाखाको मुनाफा १ करोड २५ लाख

सहकारी बैंक बागलुङ शाखाको मुनाफा १ करोड २५ लाख

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
बागलुङ, १९ श्रावण– राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा आईतवार सम्पन्न भएको छ । बैंकका शाखाहरु मध्ये दोस्रो शाखाका रुपमा स्थापित बागलुङ शाखाले गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । साविक धौलागिरी क्षेत्रका २ सय ९३ वटा सहकारी संघ संस्थाहरु शेयर सदस्य रहेको बैंकको शाखामा १० करोड १६ लाख शेयर पूँजि, १ अर्ब ४६ करोड निक्षेप र १८ करोड कर्जा लगानी रहेको शाखा प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो । सहकारी संघ संस्थाहरु मात्रै सदस्य रहने र सहकारी ऐन अनुसार सदस्यहरुसंग मात्रै कारोबार गर्ने प्रावधान अनुसार यस क्षेत्रका सबै सहकारीहरुको कारोबार सहकारी बैंकमा ल्याउने योजनाका साथ शाखाले काम गरेको शाखा प्रमुख त्रिपाठीले बताउनुभयो । सहकारी बैंकले आफ्ना सदस्यहरुलाई वित्तीय सेवाका साथै शिक्षा तथा तालिम, सहकारी सं...
संजय दत्त ‘केजिएफ–२’ का अधिरा

संजय दत्त ‘केजिएफ–२’ का अधिरा

आर्थिक, कला/साहित्य, प्रदेश ५, समाचार
नेपालगन्ज, १८ श्रावण– यस वर्षको प्रतिक्षित भारतीय सिनेमाको सूचिमा रहेको ‘केजिएफ–२’ अभिनेता संजय दत्त र अभिनेत्री रविना टण्डनका कारण पनि चर्चामा छ । संजय सिनेमामा प्रमुख खलनायकको भूमिकामा देखिदैंछन् । सिनेमामा संजय ‘अधिरा’को भूमिकामा हुनेछन् । सिनेमाले संजयको जन्मदिनको अवसर पारेर सिनेमामा रहेको उनको नयाँ लुक सार्वजनिक गरेको छ । सार्वजनिक लुकमा संजयलाई खतरनाक अवतारमा देखाइएको छ । सार्वजनिक भएको संजयको यस लुकलाई उनका प्रशंसकहरूले मनपराएको भारतीय संचारमाध्यमले जनाएका छन् । यसअघि ‘अग्नीपथ’मा उनले निर्वाह गरेको ‘कान्चा चिना’ पनि दर्शकहरूलाई एकदमै मनपराएका थिए । ‘केजिएफ–२’ को लुक सार्वजनिक गर्दै संजयले ‘यस सिनेमामा काम गर्नु एकदमै गर्वको कुरा हो । जन्मदिनमा यो भन्दा राम्रो उपहार के माग्न सक्छु ? फ्यानहरूको माया र साथका लागि धेरैधेरै धन्यवाद’, आफ्नो इन्स्टाग्राम एकाउन्टमा फोटो पोस्ट गर्दै संजयल...
निषेधाज्ञामा सुनसान देखियो नेपालगन्ज बजार, आज केही एरिया ‘सील’ गर्ने तयारी

निषेधाज्ञामा सुनसान देखियो नेपालगन्ज बजार, आज केही एरिया ‘सील’ गर्ने तयारी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १८ श्रावण– विगत केही दिन यता समुदायस्तर मै कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । लकडाउन खुलेसँगै बाँकेमा कोरोना संक्रमण समुदायस्तर मै फैलिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले शनिवार राती १२ बजेदेखि लागु हुने गरी तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनको निषेधाज्ञापछि आईतवार बिहानैदेखि बाँकेको नेपालगन्ज बजार सुनसान जस्तै देखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार, जिल्लामा भाइरसको जोखिम बढेकाले निषेधाज्ञा लगाउनु परेको हो । उहाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह समेत गर्नुभएको छ । स्थानीय प्रशासनले तीन दिने निषेधाज्ञामा रक्षाबन्धनलाई मध्यनजर गर्दै निजी सवारी साधन चल्न दिने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो । त्यसै आज आईतबार बिहान ११ बजे बस्ने जिल...
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, १८ श्रावण– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १.५० रूपैयाँले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ रूपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन । निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३...
क्वारेन्टाईनमा महिलासँग अभद्र व्यवहार गर्ने कर्मचारी माथि तत्काल कार्यवाहीको माग

क्वारेन्टाईनमा महिलासँग अभद्र व्यवहार गर्ने कर्मचारी माथि तत्काल कार्यवाहीको माग

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ श्रावण– बिश्वमा फैलिएको कोभिड–१९ को महामारीले हामी सबैलाई दुखित तुल्याएको कुरा सर्बबिदितै छ । त्यसै सन्दर्भमा यस बाँके जिल्लामा दिन प्रतिदिन कोभिड–१९ का बिरामी बढदै गईरहेको ले हामी नेपालीलाई झन चिन्तीत बनाएको छ । महिला माथिका हिंसा तथा घटनाहरु पनि बढी भएको देखिन्छ । बाँके जिल्लामा हालै थप २७ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तो महामारीमा सामाजिक दुरी र नेपाल सरकारको नियम अनुसार माक्स नलगाउने प्राय सबै ठाउँमा भिडभाड र सामुहिक भेला जस्तो अवस्था जताततै हेर्न सकिन्छ । पासको नाममा झन भारतबाट प्रवेश संख्या बढदो छ भनी महिला अधिकार मञ्च बाँकेले प्रेस विज्ञप्ती मार्फत विरोध जनाएको छ । विज्ञप्तीमा एकातिर हामी नेपालीहरु कोभिड–१९ चपेटबाट गुज्रिरहेको अवस्था छ भने अर्काे तिर बाँके प्रशासनद्धारा थप पिडा दिने कार्य भईरहेको छ । १४ दिने क्वारेटिनको नाममा महिला तथा बालबालिकाहरु माथि अमानवीय ...