Tuesday, July 14सत्यम खबर
Shadow

बाँकेमा स्वतन्त्र चालक संघ नेपाल जिल्ला समिति गठन

नेपालगन्ज, ३० असार – स्वतन्त्र चालक संघ नेपाल बाँके जिल्लामा आफ्नो संगठन विस्तार गर्दै जिल्ला समिति गठन गरेको छ । स्वतन्त्र चालक संघ नेपालको केन्द्रिय कोषाध्यक्ष रेशमकुमार जैशीको अध्यक्षतामा बसेको स्वतन्त्र चालक संघ नेपाल जिल्ला कार्य समिति बाँकेको प्रथम जिल्ला भेलाले अध्यक्षमा विश्व सागर परियारलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै भेलाले विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू समेत चयन गर्दै जिल्लामा संस्थाको गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नवगठित समितिको उपाध्यक्षमा तिलकबहादुर विक, सचिवमा प्रकाश बोहरा, सह सचिवमा प्रकाश बुढाथोकी, कोषाध्यक्षमा दिल बहादुर विक सर्वसम्मत रुपमा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सुरज थारु, लिलु रसाइली, सुरेन रसाइली, सुदिप परियार, श्रवण विक, हिराबहादुर सुनार, रामप्रवेश थारु रहेका छन् । बैठकमा संस्थाको उद्देश्यअनुसार जिल्लामा संगठन सुदृढीकरण, सदस्य विस्तार तथा सेवामूलक गतिविधि सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

बैठकले बाँके जिल्लामा कार्यालय स्थापना गरी संस्थागत गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने तथा साउन १० गतेभित्र पूर्ण कार्यसमिति विस्तार गर्ने निर्णयसमेत गरेको जनाएको छ । जुनसुकै चालकलाई केही समस्या परे हामी एकमन एकताका साथ सहकार्य र सहयोग प्रदान गर्ने उद्देश्यका साथ स्वतन्त्र चालक संघ नेपाल बाँकेका पनि गठन गरिएको अध्यक्ष विश्व सागर परियारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *