Sunday, May 31सत्यम खबर
Shadow

पाँचौँ अधिवेशनबाट अध्यक्षमा सोहनलाल यादव सर्वसम्मतले निर्वाचित

नेपालगन्ज, १७ जेठ – यादव समाज सेवा केन्द्र केन्द्रीय कार्यसमितिको २० औं साधारण सभा तथा पाँचौँ अधिवेशनले सोहनलाल यादवलाई अध्यक्ष पदमा निर्बिरोध निर्वाचित गरेको छ ।

यादव समाज सेवा केन्द्र केन्द्रीय कार्यसमितिको २० औं साधारण सभा तथा पाँचौँ अधिवेशन कार्यक्रमको सञ्चालन रमेश यादवद्वारा सञ्चालित समाजका अध्यक्ष सर्यलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल यादव महासंघका अध्यक्ष भुनेश्वर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा जानकी गाउँपालिकाका वार्ड नं. ५ का वडाध्यक्ष तथा जानकी गाउँपालिका का प्रवक्ता टिकानाथ यादव, पूर्वमन्त्री विजयबहादुर यादव, लुम्बिनी प्रदेश सांसद भण्डारीलाल यादव, गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, रामसुरेश यादव, राजु यादव, वीरेन्द्र यादव, यादव समाज सेवा दाङका अध्यक्ष हिरालाल यादव, डा. श्यामसुन्दर यादव, सुरेशकुमार पर्सैला, महेन्द्र पुस्ताकालय नेपालगन्जका अध्यक्ष तथा यादव समाज सेवाका संस्थापक सल्लाहकार बलराम यादव, दयाराम यादव लगायतले शुभकामना ब्यक्त गरेका थिए । सो कार्यक्रममा कृष्ण यादव -यदुबंशी कृष्ण) को सक्रियतामा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा आएका सहभागीहरुको स्वास्थ्य चेकजाँच गरिनुका साथै निःशुल्क औषधी बितरण गरिएको थियो ।

समाजका अध्यक्ष सूर्यलाल यादवका अनुसार सो कार्यक्रममा गाई रक्षाका लागी समाचार सम्पे्रषण गरी प्रकाशित गर्नु भएकोले सत्यमखबर डटकमका अध्यक्ष तथा सञ्चालक चन्द्रेश्वरराज त्रिपाठी, दूध र भैंसी सम्बन्धी समाचार सम्पे्रषण गरी प्रकाशित गर्नु भएकोले अर्थपेज मिडिया प्रालिका सञ्चालक कमल डाँगीलाई सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समितिको सभाहालमा आयोजित कार्यक्रममा पाँचौँ अधिवेशनलले मिश्रिलाल यादव महासचिव पदमा सर्वसम्मतले निर्बिरोध निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष सोहनलाल यादवले आफूलाई दिएको विश्वास र जिम्मेवारीप्रति आभार व्यक्त गर्दै यादव समुदायको हकहित, शिक्षा, सामाजिक विकास तथा संस्थागत सुदृढीकरणका लागि सबैलाई साथमा लिई काँधमा काँध मिलाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाँचौँ अधिवेशनले नयाँ नेतृत्व चयनसँगै यादव समुदायको एकता, सामाजिक उत्थान र संस्थागत विकासका लागि नयाँ ऊर्जा थपिएको सहभागीहरूले बताएका छन् । कार्यक्रममा बाँके, दाङ्ग र बर्दिया जिल्लाबाट यादव स्वजातीय बन्धुहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा सहभागीहरुलाई यादव समाज सेवा केन्द्रिय समितिका उपाध्यक्ष बिमला यादवले गम्छा लगाएर स्वागत गरेकी थिइन् । अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *