Sunday, May 31सत्यम खबर
Shadow

तेस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आई. बि. पी. च्याम्पियनसिप प्रतियोगिता जेठ २३ र २४ गते हुने

नेपालगन्ज, १७ जेठ – बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघको आयोजनामा तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ यही जेठ २३ र २४ गते -शनिबार र आईतबार) नेपालगन्ज रंगशाला कभर्ड हलमा आयोजना हुने भएको छ ।

स्ट्रेन्थलिफ्टिङ्ग खेलको प्रवद्र्धन, प्रतिभाशाली नयाँ खेलाडीहरूको पहिचान तथा स्थानीय स्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा विभिन्न जिल्लाबाट महिला तथा पुरुष खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइने उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।

प्रतियोगिताको विशेष आकर्षणका रूपमा नेपालको खेलकुद क्षेत्रमा ऐतिहासिक योगदान पु¥याउनु भएका ओलम्पियन खेलाडीहरूलाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ । सम्मानित हुने खेलाडीहरू सुरेन्द्रबहादुर हमाल– सन् १९८४, २३औँ ओलम्पिक, लस एन्जल्स, अमेरिका -भारोत्तोलन), पार्वती थापा – सन् १८८८, २४औँ ओलम्पिक, सियोल, दक्षिण कोरिया -सुटिङ), अनिता श्रेष्ठ– सन् १९४२, २५औँ ओलम्पिक, बार्सिलोना, स्पेन -सुटिङ), सोनिया भट्ट – सन् २०२०, ३२औं ओलम्पिक, टोकियो, जापान -जुडो) रहेका छन् ।

नेपालका ओलम्पियन खेलाडीहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूलाई विशेष सम्मान प्रदान गरिने कार्यक्रमले प्रतियोगितालाई थप गौरवमय बनाउने विश्वास आयोजकको रहेको छ ।

बाँके जिल्लाको खेलकुद क्षेत्रको विकास, खेलाडीहरूको हौसला अभिवृद्धि तथा राष्ट्रिय स्तरमा स्ट्रेन्थलिफ्टिङ्ग खेलको विस्तारमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यस अवसरमा सम्पूर्ण खेलप्रेमी, सञ्चारकर्मी, खेलकर्मी, शुभेच्छुक तथा आम दर्शक महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई प्रतियोगितालाई भव्य एवं सफल बनाउन बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघका सचिव चन्द्र शेखर थापाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *