Saturday, May 30सत्यम खबर
Shadow

कल्पनाको सातौं कृति “अग्निस्पन्द” कविता सङग्राह बिमोचन

नेपालगन्ज, १६ जेठ – “कल्पना फाउण्डेसनको पहिचान, साहित्य सेवा हाम्रो अभियान” उद्देश्उका साथ कवि तथा गीतकार कल्पना पौडेल जिज्ञासुको सातौं कृति “अग्निस्पन्द” कविता सङग्राह बिमोचन तथा “विवश आमा” गीत शुक्रबार सार्वजनिक भएको छ ।

नेपालगन्ज उद्योग बाणिज्य संघको सभाहलमा कल्पना फाउण्डेसन नेपालको आयोजनामा फाउण्डेसनका सचिव लेक प्रकाद प्याकुरेलद्वारा सञ्चालित फउण्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा “अग्निस्पन्द” कविता सङग्राह प्रमुख अतिथि कृष्ण प्रसाद घिमिरे, बिशिष्ट अतिथि सनत कुमार रेग्मी, डा. जर्नादन आचार्य, नेरेन्द्र जंग पिटर, प्रलेस केन्द्रिय सचिव डा. हरि प्रसाद तिमिल्सिेना, प्राज्ञ सभा सदस्य महानन्द ढकाल लगायतले बिमोचन गर्नुभएको थियो र विवश आमा गीतको ब्यानर सहित आडियो गीत सार्वजनिक प्रमुख अतिथि कृष्ण प्रसाद घिमिरले गर्नुभएको थियो ।

सो कार्यक्रममा नारी रत्न सम्मानबाट तारा रोकायालाई खादा लगाएर प्रमुख अतिथि र सभाध्यक्ष कल्पना पौडेल जिज्ञासुले सम्मान गर्नु भएको थियो । यसरी कार्यक्रममा प्रमुख अतिथि प्रमुख अतिथि कृष्ण प्रसाद घिमिरे, बिशिष्ट अतिथि सनत कुमार रेग्मी, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, शिक्षाबिद् जीतबहादुर शाह, सुमित्रा न्यौपाने, डा. हरिप्रासद तिमिल्सिना, मीना बराल, नरेन्द्र जंग पिटर, ममता रावत, बिष्णु पादुका लगायतले शुभकामना दिदैं æअग्निस्पन्दÆ कविता सङग्राहबाट कविता वाचन गरेका गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि कृष्ण प्रसाद घिमिरे र आयुष्मा ढकाललाई मायाको चिनो सभाध्यक्ष कल्पना पौडेलले प्रदान गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बिपी अस्तु, भीम बहादुर शाही, नरेन्द्र स्वाँर, इन्द्रिरा गौतम, बोदराज प्याकुरेल, रचना पाठक, मनबहादुर बिक, भरतबहादुर रानाभाट, निरञ्जना चन्द निरु, नेपाल स्वय.सेवी रक्तदाता समाजकी अध्यक्ष दिला शाह, बिष्णुलाल कुमाल, सन्तोषी पुन, राजकुमार थारु, खडकबहादुर बोहरा, कृष्णमुरारी प्रसाद भट्ट, मन्दिरा निरौला प्याकुरेल, पवित्रा थापा, प्रकृति भुजेल, प्रियंका चौधरी लगायत साहित्यकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *